arrow

कोरोनाका कारण बुटवलमा थप एक जनाको मृत्यु, प्रदेश ५मा पुगे १३

logo
नारायण वली,
प्रकाशित २०७७ साउन ३१ शनिबार
corona-death-pokhara.jpg

रुपन्देही । पछिल्लो समय बुटवल क्षेत्रमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुनेको संख्या दैनिक थपिदै गएको छ । सरकारले गत चैत्र ११ गतेदेखि पहिलो पटक नेपालमा गरेको लकडाउन केही साता अगाडि समाप्त भएको घोषणा गरेपछि केही समय वजारमा अस्वभाविक भिडभाड वढेको थियो ।

सामाजिक दुरीदेखि मास्क समेत नलगाएर खुल्ला रुपमा आवागमन शुरु भएपछि भेला, समुह र विभिन्न कार्यक्रमहरु समेत हुँदै आएका थिए । जस अनुसार अहिले कोरोना भाईरसको संक्रमण निकै डरलाग्दो रुपमा फैलिन पुगेको छ । यती मात्रै होईन मृत्यु हुनेको संख्या पनि एक्कासी उकालो लागेको छ ।

बुटवलमा लगातार एक दिनको फरकमा पुनः आज एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । शनिबार विहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

मृत्यु हुनेमा कपिलवस्तुका ४२ बर्षीय एक पुरुष रहेकोे अस्पताल स्रोतले जनाएको छ । उक्त संक्रमित ३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराउँदै आएका थिए । अस्पताल स्रोतका अनुसार उनको फोक्सोमा समस्या देखिएपछि आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जनाएका छन् । 

शुक्रवारबाट सो अस्पतालमा सञ्चालनमा ल्याईएको जीन एक्सपर्ट मेसिनमा उनको स्वास परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको वताईएको छ । पहिले उनको रिर्पोटमा नेगेटिभ देखिएपनि पुनः जीन एक्सपर्टमा जाँच गर्दा पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको लुम्विनी प्रादेशिक अस्पतालले वताएको छ । 

हाल सम्म प्रदेश नं.५ मा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि पनि कपिलवस्तुका १ जनाको उपचारकै क्रममा कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ