arrow

प्यार र समर्थनका लागि धन्यवाद दिँदै धोनीले भने अब मलाई रिटायर्ड सम्झनु

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
dhoni3.jpeg

काठमाडौं । आफ्नो कप्तानीमा देशलाई विश्वकपका दुई वटा उपाधि दिलाउन सफल भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा जानकारी पोस्ट गर्दै धोनीले सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘प्यार र समर्थनका लागि धन्यवाद दिँदै धोनीले भने अब मलाई रिटायर्ड सम्झनू ।’

३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।

१६ वर्षे क्रिकेट करियरका क्रममा धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए ।

उनले १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए । धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी–२० खेलेका छन् ।

सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले २०१४ बाट टेस्ट क्रिकेट खेल्न छाडेका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनी चेन्नई सुपर किङ्सका कप्तान हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ