arrow

धोनीले सन्यास घोषणा गरेको एक घण्टापछि रैनाको पनि सन्यास, सचिनले सम्झे डेब्यु

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
tendulkar-raina.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह घोनीले घोषणा गरेको एक घण्टापछि उनका सहयात्री सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै रैनाले धोनीले शनिबार घोषणा गरेको एक घण्टापछि नै सन्यासको घोषणा गरेका हुन् ।

३३ वर्षीय लेफ्टह्याण्ड ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनी धोनी कप्तान हुँदा उपकप्तान हुँदै आएका थिए । 

टिममा धोनीको प्रभाव हट्दै गर्दा रैनाको पनि प्रभाव कम हुँदै गएको थियो । उनले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी–२० खेलेका छन् ।

भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी–२० मा १६ सय ५ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनी चेन्नई सुपर किङ्सका उपकप्तान हुन् । 

रैनाको सन्यास घोषणापछि क्रिकेटका लिटिल मास्टर सचिन तेन्दुलकरले रैनाको पहिलो डेब्यु टेष्ट सम्झेका छन् । 

उनले रैनाको डेव्यू खेलमा आफूसंग भएको साझेदारी अहिले पनि सम्झनामा आउने तेन्दुलकरले बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ