arrow

पोखरामा बिहानै भेटिए पाँच जना कोरोना संक्रमित, गण्डकीमा पुगे १७०९

logo
हरि पन्त, 
प्रकाशित २०७७ साउन ३२ आइतबार
covid-test-positive-corona.jpg

पोखरा । पोखरामा आइतबार बिहानै थप पाँच जना कोरोना संक्रमित भेटिएका छन् । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ६ः२० बजे दिएको जानकारी अनुसार पोखरा १६ मा चार र पोखरा ५ मा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

पोखरा १६ मा दुई पुरुष र दुई महिलाका साथै पोखरा ५ मा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै तनहूँको भानु नगरपालिका वडा नं. ४ मा पनि एक ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७ सय नौ जना पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ