arrow

बुटवलमा लकडाउनको तेस्रो दिन : पालना कागजमा मात्रै सिमित

logo
नारायण वली,
प्रकाशित २०७७ साउन ३२ आइतबार
butwal-lockdown.jpg

रुपन्देही । बुटवलमा पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा सर्ने त्रासले बुटवल उप–महानगरपालिकाले यही साउन २९ गते राती पौने १२ वजे देखि आगामी भदौ ५ गते राती पौने १२ वजेसम्म जारी गरेको लकडाउनको आईतवार तेस्रो दिन बुटवलमा पूर्ण लकडाउनको पालना नभएको पाईएको छ । 

यस क्षेत्रमा दिनप्रति दिन कोरोना भाइरसका संक्रमितहरुको संख्या वढ्दै गएकाले वजारमा वढेको अस्वभाविक भिडभाडले समुदायमा कोरोना भाइरस संक्रमणले ठुलो जोखिम निम्त्याउने सम्भावनालाई मध्यनजर गर्दै, न्युनिकरण गर्ने उद्देश्यले बुटवल उप–महानगरपालिकाको एक वैठकले बुटवलमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप गत विहिवार राती देखि बुटवलमा गरिएको लकडाउन दुई दिनसम्म कडा वनाईए पनि तर तेस्रो दिन आईतवार देखि भने सडकमा पैदलयात्री देखि साना, ट्याक्सी तथा ठुला टिप्परसम्मका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन भैरहेको पाईएको छ । 

बुटवल उप–महानगरपालिकामा वसेको वैठकले अत्यावश्यक वाहेक सवै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाईने निर्णय गरेपनि तर उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन् । लकडाउनलाई पालना गराउन केहि ठाउँमा प्रहरी परिचालन गरिए पनि नगर प्रहरीलाई खटाईएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ