arrow

कोरोनाका कारण उत्तर प्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको निधन

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३२ आइतबार
chetan-chauhan.jpg

काठमाडौं। कोरोनाका कारण भारत उत्तर प्रदेशका मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।

केहि दिनदेखि उपचारकै क्रममा रहेका उत्तर प्रदेशका कृषी मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको आइतवार अपरान्ह निधन भएको हो। उत्तर प्रदेशमै कोरोनाबाट निधन हुने चौहान दोस्रा मन्त्री हुन्। उनी ७३ बर्षका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनमा दुख जनाउँदै उनी मेहनेती राजनीतिककर्मी रहेको बताएका छन्। 

यसअघी कोरोना संक्रमणबाटै उत्तर प्रदेशका अर्का मन्त्री कमला रानीको पनि मृत्यु भएको थियो। कोरोनाबाट संक्रमण हुनेमा भारत संसारकै दोस्रो देश भएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ