arrow

मोरङमा जोखिम बढ्दो, एकैदिन ९२ जना कोरोना संक्रमित थपिए 

logo
विवेक मिश्र,
प्रकाशित २०७७ साउन ३२ आइतबार
pradesh11.jpg

बेलबारी। प्रदेश १ मा आइतवार १०३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्य ६९ जना पुरूष र ३४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ९२ जना, खोटाङ्गमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ जना र प्रदेश १ स्थायी ठेगाना नभएका २ जना रहेका छन्।

संक्रमण देखिएकाहरू मध्य मोरङको विराटनगरमा ५४ पुरूष र ३२ महिला, बुढिगंगामा ३ पुरूष, धनपालथान २ पुरूष, कटारीमा १ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको  दुहवीमा १ महिला र इटहरीमा १ पुरूष, इलामको देउमाइमा १ पुरूष, खोटाङ्गको दिक्तेलमा ६ पुरूष र प्रदेश १ बाहिर बाराका १ पुरूष र सिराहाकी १ महिला रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ