arrow

आईपीएल क्रिकेट: स्मिथको कसिलो बलिङले गुजरात बिजयी

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
IPL_Dwayne_Smith.jpg.jpeg
काठमाडौं। गुजरात लायन्सले कोलकाता नाईटराईड्रसलाई ६ विकेटले पराजित गरेको छ। यो जितसँगै गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुामउँदै १२४ रन बनाएको थियो। कोलकाताका युशुफ पठानले ३६ रन बनाएका थिए। त्यसैगरि रविन उथप्पाले २५ रनको योगदान दिएका थिए। गुजरातका ड्वेयन स्मिथले कसिलो बलिङ गर्दै ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले १३.३ ओभरमा ४ विेकटको क्षतिमा १२५ रन बानउँदै जित हासिल गरेको थियो। गुजरातका कप्तान सुरेश रैनाले ५३* रन बनाएका थिए। त्यसैगरि एरोन फिन्चले २६ रनको योगदान दिएका थिए। खेलका प्लेयर अफ म्याच स्मिथ घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ