arrow

विश्व आर्थिक संकटमा डुबिरहेका बेला एप्पलको सम्पती २ ट्रिलियन नजिक

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १ सोमबार
apple.png

काठमाडौं। बजार पूँजीकरणमा एप्पल २ ट्रिलियन नजिक पुगेको छ। ३ दिनअघि एप्पलले कम्पनीमार्फतका सबै सेवाहरुलाई शुल्क (सब्सक्रिप्सन)मा लैजाने घोषणा गरेसँगै एप्पलको बजार मूल्य ह्वात्तै बढेको हो। शेयर बजारमा एप्पलको आजको भ्यालु करिब ४ सय ६० डलर रहेको छ। यसले एप्पलको बजार मूल्य झण्डै १.९६ ट्रिलियनभन्दा बढी रहेको संकेत गर्छ।

एप्पलको शेयर संख्या करिब ४.२७५६ अर्ब रहेको छ। जसअनुसार एप्पललाई २ ट्रिलियनको कम्पनी बन्न १ शेयरको बजारमूल्य ४६७.७७ भएमा हुन्छ। अहिलेसम्म एप्पलको बजार मूल्य प्रतिशेयर ४६४.१४ सम्म भने पुगिसकेको थियो। एप्पलले एप्पल अन्र्तगतका सबै सेवाहरु (एप्पल टीभि, एप्पल न्युज) लगायत सबैलाई एउटैमा बाँधेर बन्डल सेवा दिँदै शुल्क लिने घोषणा गरेको थियो। अर्थात, कुनै पनि ग्राहकले एप्पल टीभि र एप्पल न्युजका लागि छुट्टा छुट्टै शुल्क तिर्ने ठाँउमा अब दुवैका लागि एउटै शुल्कतिर्नु पर्ने र सो बन्डल शुल्क छुट्टा-छुट्टै किन्नु पर्दा लाग्ने शुल्कभन्दा सस्तो हुने एप्पलले घोषणा गरेको हो।

कसरी फाइदा हुन्छ एप्पललाई
एप्पपले अब बन्डल सेवा दिने भनेपछि एप्पल गेमिङ्ग, एप्पल म्युजिक, एप्पल टिभी, एप्पल न्युजलगायतका सबै सेवाहरु लिनका लागि ग्राहकलाई प्रोत्सान गर्छ। ती सेवाहरु छुट्टा छु्ट्टै किन्नु पर्दा महँगो हुनजाने हुँदा बन्डलमै किन्दा सस्तो पर्ने समेत एप्पलले गरिदिएको छ।

यसोहुँदा बन्डल सेवालिनेहरु स्वोतह बढ्ने छन् भने एप्पलको रेभिन्यु पनि आफै बढ्ने छ। यसबाहेक एप्पलले शुल्क तिरेरै लिन मिल्ने भर्चुल फिटनेस क्लास पनि आइफोनको एपमा ल्याउने योजना गरेको छ।

यो बन्डल सेवा सम्भवत एप्पले आइफोन १२ को लन्चसँगै सुरु गर्नेछ। एप्पले सेप्टेम्बरमा फोन एवं नयाँ प्रोडक्ट लन्च गर्दै आएको छ। यस पटक भने कोरोना भाइरसको माहामारीका कारण केही ढीलाई हुन सक्छ। १ ट्रिलियन डलरको मार्केट भ्यालु हुने पहिलो कम्पनी पनि एप्पल नै रहेको थियो भने अहिले २ ट्रिलियनको मार्केट जित्ने पहिलो कम्पनी पनि एप्पल नै हुने सम्भावना बलियो रहेको छ। 

सम्भवत सेप्टेम्बरसम्ममा एप्पले २ ट्रिलियन मार्केट भ्यालु बनाइसक्ने छ।सन् २०१८ मा माइक्रो सफ्ट, अमेजोन र गुगलको अभिभावक कम्पनी अल्फाबेटले पनि ट्रिलियनको बजार भ्यालुमा पुगेका थिए।

त्यसपछि गत जुनमा एप्पल नै १.५ ट्रिलियनको बजार जित्ने पहिलो कम्पनी बनेको थियो। अमेजोन र माइक्रोसफ्टले एप्प्ललाई पछ्याउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ