arrow

एप्पल र सामसङलगायतका २२ कम्पनीले भारतमा फोन उत्पादन गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १ सोमबार
apple-samsung.jpg

काठमाडौं। गत मार्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इलेक्ट्रोनीक उत्पादन गर्ने कम्पनीहरुलाई वित्तिय प्रोत्साहन दिने घोषणा गरेका थिए। उक्त घोषणासँगै अहिले विश्वका ठूला इलेक्ट्रोनिक सामान उत्पादक कम्पनीहरुले भारतमा आफ्नो कारखाना खोल्ने तयारी सुरु गरेका छन्।

एप्पल र सामसङलगायतका २२ कम्पनीहरुले भारतमा मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरु उत्पादन गर्नका लागि १.५ अर्ब डलर (करिब १ खर्ब १० अर्ब भारतीय रुपैयाँ) लगानीको घोषणा गरेका छन्। फक्सकन टेक्नोलोजी ग्रुप, विस्ट्रोन कर्पोरेसन र पेगाट्रोन कर्पाेरेसन, अल आइफोन एसेम्बलर्सलगायतका कम्पनीहरुले भारतमा विद्युतीय सामाग्रीहरु उत्पादन गर्न लगानीको प्रतिवद्धता गरेका हुन्।

भारतका सुचना प्रविधिमन्त्री रविशंकर प्रसादले उत्पादन लिंक प्रोत्साहन सहयोगको घोषणा गरेका थिए। जसअनुसार भारतमा कुनै पनि इलेक्ट्रोनिक उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनको करिब ६ प्रतिशत वित्तिय प्रोत्साहन सहयोग ५ वर्षका लागि पाउने छ।

भारतको यसै योजना र अन्य सहजताका कारण विभिन्न कम्पनीहरु चीनभन्दा पनि भारतमा लगानी गरेर आफ्नो उत्पादन बढाउने तयारीमा लागेका हुन्। भारतको यो योजनाले आउँदो ५ वर्षमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा गरेर भारतमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ।

विभिन्न कम्पनीहरुले भारतमा आफ्नो उत्पादन गरेर निर्यात गर्न थाले भने भारत ग्लोबल सप्लाई चेनको एक केन्द्र बन्ने छ । अहिले सामसङ र एप्पललगायतका कम्पनीहरुले दक्षिण एसियामा उत्पादन सुरु गरेका छैनन्।

यदि अब भारतमा उनीहरुले उत्पादन थाले भने चीनबाट सप्लाई हुने परिणाममा ठूलो गिरावट आउँने छ र भारत दक्षिणको एसिया र अन्य मूलुकका लागि एक ठूलो सप्लायर बन्नेछ। यसको ठूलो घाटा अहिले आर्थिक दमन गर्न खोजिरहेको चीनलाई पर्नेछ।

चीन र अमेरिकाबीचको बढ्दो तनावका कारण पनि अहिले ठुला कम्पनीहरुले उत्पादन गर्नका लागि अर्को केन्द्रको खोजि गरिरहेका छन्। त्यसका लागि भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र थाइल्याण्डलाई पनि राम्रो केन्द्रका रुपमा लिइएको छ । यद्यपी भारतले विभिन्न किसिमका योजनाहरु सञ्चालन गरेर लगानीकर्ता कम्पनीहरुलाई सहज गरिदिन थालेको छ। यसोहुँदा निकट भविष्यमा भारत इलेक्ट्रोनिक्स उत्पादनको एक ठूलो सप्लायरका रुपमा स्थापित हुने देखिन्छ।

भारत सरकारले आउँदो ५ वर्षमा कम्तिमा १ खर्ब ५३ अर्ब डलरको विद्युतिय उत्पादन गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। यसो हुँदा आउँदो ५ वर्षमा विश्वको थप १० प्रतिशत मोबाइल भारतमा उत्पादन हुनेछ।

भारतीय प्रधानमन्त्री मोदीले अहिलेको उत्पादन क्षमता १५ प्रतिशतबाट २५ प्रतिशतमा बढाउने लक्ष्य राखेका छन् । यसै लक्ष्यलाई पूरा गर्नका लागि भारतले विदेशी कम्पनीहरुका लागि राम्रो वातावरण सिर्जना गरिदिँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ