arrow

कांग्रेसद्वारा बैठक अवरुद्ध

प्रत्यक्ष र समानुपातिक सांसदबीचको विभेद हटाइनुपर्ने माग

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
nepali-congress-flag.jpg.jpeg

गण्डकी । गण्डकी प्रदेशसभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । 

सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । 

त्यस्तै कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच  विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ ।

यसअघि आइतबार पनि सोही विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गराएको थियो । सोमबारको बैठक शुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गर्नुभएको थियो ।

बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १.०० बजेसम्मका लागि स्थगन गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ