arrow

पोखरामा मंगलबार बिहानै भेटिए चार जना कोरोना संक्रमित

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ २ मंगलबार
covid-test-positive-corona.jpg

पोखरा । पोखरामा मंगलबार बिहानै चार जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान ५ः४० बजे दिएको जानकारी अनुसार पोखरामा चार जना कोरोना संक्रमित भेटिएका हुन् ।

दुई जना महिला कोरोना संक्रमितको वडा खुलाइएको छैन भने दुई जना भने पोखराको वडा नं. ६ मा भेटिएको हो ।

पोखरासहित गण्डकीमा आठ जना संक्रमित थपिएका छन् । जसमा कावासोतीमा दुई, बाग्लुङमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ६४ जना पुगेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ