arrow

श्रीलङ्कामा बाढी पहिरोबाट ६३ को मृत्यु सयौँ बेपत्ता, चार लाख पचास हजार भन्दा बढी व्यक्ति प्रभावित

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
landslidesrilamka.jpg.jpeg
कोलोम्बो । श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी बर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६३ पुगेको छ । 
 
श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ व्यक्ति बेपत्ता भएका छन् । 
 
शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण चार लाख ५० हजार भन्दा बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन् । विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ । 
 
श्रीलङ्कामा गएको सोमबारबाट भारी वर्षा सुरु भएको त्यसपछिको बाढी पहिरोको कारण ती व्यक्तिहरुले ज्यान गुमाएका हुन । 
 
श्रीलङ्काको मध्य जिल्ला केगाल्लेमा भारी बर्षापछि दुई वटा इलाकामा गएको भीषण पहिरोको कारण ३४ व्यक्तिको मृत्यु भएको छ । सो जिल्लामा मङ्गलबार र बुधबार पहिरो गएको थियो । त्यसैगरी आरनायके जिल्लामा यस प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको जनाइएको छ । 
 
बाढी र पहिरो प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । उनीहरूले केहीलाई मात्र तत्काल उद्धार गरेका थिए भने, अझै सयौं व्यक्ति बेपत्ता रहेका हुनाले मृतकका संङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । 
 
सो पहिरो प्रभावित इलाकानजिकै रहेका बासिन्दालाई प्रहरीले अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ । 
 
सरकारले गरेको उद्वारपछि यस पहिरोबाट प्रभावित भएका एक लाख ४० हजार व्यक्ति अस्थायी शिविरमा बसोबास गर्दै आएका बताइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ