arrow

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

logo
हरि पन्त,
प्रकाशित २०७७ भदौ २ मंगलबार
corona-death-pokhara.jpg

पोखरा । पोखरामा कोरोना संक्रमणबाट मंगलबार थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ दीप निवासी ८७ बर्षका पुरुष मंगलबार बिहान मृत्यु भएको बताइएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन वार्डमा उपचारको क्रममा मंगलबार बिहान १०:४० बजे उनको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक प्रा. डा.  अर्जुन आचार्यले जानकारी दिए ।

उनी साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई सोमबार अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । उनको स्वाब परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माले जानकारी दिए ।

 योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारणको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात पुगेको छ भने पोखरामा छ पुगेको छ ।

पोखरामा सोमबार राति तनहूँकी ५९ वर्षकी महिलाको पनि कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको थियो । 

यतिबेला पोखरामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ । यसले मानिसमा निकै त्रास सृजना गरेको छ । गण्डकी प्रदेशमा १६ सय जना  भन्दाबढी संक्रमित भएकोमा पोखरामा मात्र करिब २१० जना भन्दा बढीमा संक्रण पुष्टि भएको छ । 

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन कास्की जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ