arrow

नेपाली फुटबलमा अब हामी गरेर देखाउँछौ : कर्मा छिरिङ शेर्पा

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
karma-news-fnl.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबलसंघ एन्फा उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलको विकासका लागि सामूहिक नेतृत्व आवश्यक भएको बताएका छन् । शुक्रबार राजधानीमा ए, बी र सी डिभिजनका क्लबहरुले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले एन्फाभित्रका जतिपनि कमिटीहरु छन् ती सबैलाई सक्रिय बनाए मात्रै नेपाली फुटबलको विकास हुने बताए । 
 
उनले भने, ‘सामूहिक नेतृत्व भनेको खेलका सन्दर्भमा टुर्नामेन्ट कमिटी, आर्थिकका सन्दर्भमा फाइनान्सियल कमिटी र अडिट कमिटीलाईए सक्रिय बनाउनु पर्यो भन्ने हो ।’ यस्ता थुप्रै कमिटि छन् ती सबैलाई सक्रिय बनाउनु आजको आवश्यकता भएको उनको भनाई छ । शेर्पाले नेपाली फुटबलको विकास, सामूहिक नेतृत्वको अवधारणा र पारदर्शिता र विकेन्द्रिकरणको सिद्ध अनुरुप एन्फा सन्चालन हुनु पर्दछ भन्ने हाम्रो मुद्दा विजयी भएको छ– भने । हाम्रो पुनःबहालीले एउटा नयाँ वातावरण सिर्जना गरेको छ, उनले थपे, ‘हेर्दै जानु होला हामी गरेर देखाउँछौ ।’
 
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गएको वैशाख २७ गते पुनःबहाली गर्न निर्देशन दिएसंगै शेर्पालगायत एन्फाका चार पदाधिकारी एन्फामा फर्किने पक्का भएकाे छ ।  यसअघि उनीहरु बर्खास्तगीमा परेका थिए । एएफ्सी र फिफाको कदम सकारात्मक भन्दै शेर्पाले आगामी नयाँ नेतृत्वले नेपाली फुटबललाई उचाईमा लैजाने बताए । शेर्पा समूह एन्फाको कार्यशैली र निलम्बित एन्फा अध्यक्ष गणेश थापाको कार्यशैलीलाई लिएर आन्दोलन गर्दै आएकामा अब आन्दोलन नहुने उनको भनाई छ । 
 
फिफाले तत्काल पदाधिकारी पुनःबहाली गरी साधारण सभा गर्न भनेकामा हाल सम्म एन्फा पदाधिकारीबीच छलफल हुन सकेको छैन । शेर्पाले समेत एन्फा कार्यवाहक अध्यक्ष बाहिर बारिरै भएकाले आफुहरुबीच छलफ हुन नसकेको बताए । फिफाले १० गतेभित्र पुनःबहाली गर्न भनेकामा  समय अपुग भएकाले एन्फाबाट विधान अनुसार बैठक बोलाउन लाग्ने १४ दिन थप्न भन्दै पत्राचार भइसकेकाे शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिए । एन्फाले यसअघि, उपाध्यक्षहरु कर्माछरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई (झापाली) तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई बर्खास्त गरेको थियो । 
 
फिफाले तत्काल साधारण सभा गरेर समस्या समाधान गर्न भनेको छ । कार्यक्रममा सरस्वती युवा क्लबका अध्यक्ष शिशिर पराजुली, जावलाखेल युथ क्लबका अध्यक्ष ठूलोभाई केसी, युनाईटेड युथ क्लबका अध्यक्ष रोशन डंगोल र बाँसबारी क्लबका प्रतिनीधि राजेश सुनारलगायत ए, बी र सी डिभिजन क्लबका विभिन्न पदाधिकारीहरु उपस्थित थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ