arrow

बाँके, बर्दिया र सुर्खेतमा १४ संक्रमित, मृतकको कब्रस्तानमा अन्त्येष्टि

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
bake-death.jpg

नेपालगञ्ज । बाँके, बर्दिया र सुर्खेतमा मंगलबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा बाँकेका ११, बर्दियाका २ र सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि हो । 

बाँकेमा मंगलबार थपिएको मध्ये १० जना नेपालगञ्जका र १ जना खजुराका हुन् । बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ४५ पुगेको छ । हालसम्म ४ सय ६८ जना निको हुँदा ४ जनाको भने मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्जमा गएराति कोरोना संक्रमणले मृत्यु भएका ६२ बर्षीय पुरुषको अन्तिम संस्कार गरिएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा राति ११.४० बजे मृत्यु भएका इस्लाम धर्माबलम्बी नेपालगञ्ज ५ का ती पुरुषको धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।

नेपाली सेनाको टोलीले नेपालगन्ज मेडिकल कलेजमा रहेको शबलाई कब्रस्तान पुर्‍याएपछि सेनाको शब ब्यवस्थान टोलीको अगुवाईमा परिवारका सदस्यले अन्तिम संस्कार गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । त्यसपछि नेपाली सेनाको टोलीले शब व्यवस्थापन गरेको थियो । नेपालगञ्ज-४ सल्यानीबंगला नजिकैको कब्रस्तानमा उनको अन्त्येष्टि गरिएको हो ।

दुबै फोक्सोमा निमोनिया भएका उनी साउन ३२ गते अस्पताल भर्ना भएका थिए । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा हिजो उनमा कोरोना पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ