- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार साँझ निधन भएको छ । मंगलबार साँझ करिब ६ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निधन भएको हो । लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म महत्वपूर्ण योगदान छ ।
‘गौरी’ महाकाव्यजस्ता चर्चित कृति दिएका घिमिरेले नेपाली साहित्यका क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । राष्ट्रकवि घिमिरे नेपाली पद्य कवितामा निकै लोकप्रिय छन् ।
स्वर्गीय घिमिरेप्रति हाम्राकुरा डटकमको तर्फबाट हार्दिक शब्दश्रद्धा।