- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
(१)
पृथ्वी वीर हिंडे, विषे अघि पर्यो, साईत राम्रो भयो
योद्धा शूर र वीर, लस्कर चले, मोर्चा अगाडि बड्यो ।
हाम्रो देश नेपाल विस्तृत भयो चिन्हारी विश्वै भरी
फैल्यो स वीरहरू डुले भुवनका नाना स्थलैमा पुगी ।
(२)
भानु श्रीसुरराग गाउनु अघी निद्रासमाधी थिए
घाँसीले दिलबिम्ब झस्किन गयो उत्प्रेरणामा उठे १
स्वर्गात्मा सुररागका लय टिपी गुल्जार भाषा भयो
नेपालीपनका एकै लहरमा संगीत झन्कार भो १
मोती हे १ सव ती उठाउन पुग्यौ १ श्रीसम्झनामा रह्यौ १
(३)
हाम्रो देश नेपाल हैम गिरिको सौन्दर्यले, सानले
भाषा भाव भरी विकाशपथमा काव्यात्मयी छन्दले
नाना रंग र रूप, क्षेत्र, उरमा उन्मेषका दीपले
ब्युँझायौ सवलाइ गुञ्जन गरी उच्चाइ उद्देश्यले १
(४)
आभा हौ, नरपुङगव, प्रिय तिमी १ नेपालका तारका १
बाल्यौ दीप नयाँ मुना समयका सन्दीप भै बक्षका १
मोती १ झल्झल कार्य शिल्पसुषमा उन्मुक्त सेवा दियौ
भाषा, राष्ट्रियता र जात जुटिए, श्री सम्झनामा रह्यौ १
१५५ औं मोती जयन्तीको शुभोपलक्षमा भाद्र ३ र अगष्ट १९