arrow

संघीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
sanghiya-samsad.png

काठमाडौँ । संघीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गरेको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ ।
 
ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी संघीय संसद नेपाल थप गरिएको सचिवालयले जनाएको छ । 
 
संसदका पदाधिकारी र सदस्यले लगाउने प्रतीक चिह्नको ब्याच पिन ३५० थान तयार गर्न वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मेवारी दिइएको थियो ।

 सरकारले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार संसद्को प्रतीक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई सभामुख र अध्यक्षले स्वीकृत गरेका थिए । स्वीकृतिबमोजिम तयार भएको ब्याच पिनमा समस्या आएपछि सुधार गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ