arrow

उच्च रक्तचाप र मिर्गौला पीडितको मृत्युपछि कोरोना पुष्टि

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
dead2.jpg

वागमती ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ  । गएराति हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

हेटौंडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ