arrow

इजिप्ट एयरको विमानमा आतङ्कवादी हमलाको सम्भावना

दुर्घटनाको अझै पुष्टी नभएको इजिप्ट सरकारको भनाइ

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
biman-cre.jpg.jpeg
कायरो । ग्रिसको सैनिक स्रोतको अनुसार इजिप्टको हराएको विमानको भग्नावशेषको आंशिक खण्ड फेला परेको भन्ने हल्ला चलेता पनि त्यसको कतैबाट पुष्टि भएको छैन । यस विमानको व्यापक खोजी भईरहेको इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले बताएका छन् । हालसम्म विमानको भग्नावशेष फेला नपरेको बताइएको छ । 
 
फाथेका अनुसार इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला गरी दुर्घटना गराएका हुनु पर्ने बताए । उनले आतङ्ककारीहरुले सो विमानमा बम विस्फोट गराएको हुनसक्ने आशङ्कामा प्राविधिक कारणको भन्दा धेरै सम्भावना रहेको छ ।  पेरिसबाट इजिप्टको राजधानी कायरोतर्फ उडेको इजिप्टएयरको सो विमान बिहीबार हराएको थियो । 
 
बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको समाचार अपरान्ह आएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ६६ जना यात्रु रहेका थिए । यसअघि बिहीबारै सो विमान दुर्घटनाग्रस्त भएको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले दिएका थिए ।
 
इजिप्ट र ग्रिसले बिहीबार साँझ सो विमानको खोजीका लागि सामुद्रिक र स्थल सेना पठाएका थिए । उक्त विमानमा अधिकांश इजिप्टेली र २६ जना विदेशी नागरिक थिए । विदेशी मध्ये १५ जना फ्रान्सेली रहेका थिए । विमानमा बेलायती र क्यानाडेली पर्यटक पनि रहेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ