arrow

बाँकेमा १३ संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
banke3.jpg

नेपालगन्ज । बाँकेमा बुधबार १३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरको वडा नम्बर ११ का ८ जना, नेपालगन्जका ३ जना तथा बैजनाथ र राप्तीसोनारीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । हालसम्म ४ सय ६८ जना निको हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ । 

भेरीमै गरिएको परिक्षणमा बर्दियाका २ जनामा पनि कोरोना पुष्टि भएको छ । गत २४ घण्टामा ३ सय ५० नमुना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ