arrow

गरिमा विकास बैंकको २७ औं शाखा काठमाडौंको सामाखुसीमा

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
garima-bank-2.jpg.jpeg
काठमाडौ। पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म भन्ने नाराका साथ काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ।
 
शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरेका हुन्। 
 
उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा विकास बैंकलाई विकास बैंकमा सबैभन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए। ‘निलगिरी विकास बैंकसंग मर्जर पुरा गरि सुभेच्छा विकास बैंकसंग मर्जरको प्रकृयामा रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं।’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने। 
 
बैंकर्श एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खोलेर ग्रामिण क्षेत्रमा गरिमा विकास बैंकले उदाहरणिय रुपमा वित्तीय सेवा बिस्तारको काम गरेको बताए।
 
नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई सक्षम बन, क्षमता बढाउ, ठुलो बन अनि जोखिम वहन क्षमता बढाउ भने पनि खुलेर कारोबार गर्न नदिएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराए। उनले २ अर्बको पूँजी भएका अहिलेका वाणिज्य बैंकले गर्ने काम २ अर्ब ५० करोड पूँजी हुने विकास बैंकले किन गर्न नपाउने भन्दै विकास बैंकलाई सरकारी निर्माण ठेक्काको ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था, एलसी कारोबार र रेमिट्यान्स कारोबार गर्न दिइनु पर्ने लगायतका माग राखे। 
 
राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन कायम राख्दै सामाजिक अवस्था सुधार सहितको वित्तीय सेवा प्रवाह गर्नु पर्ने बताए।
 
वित्तीय पहुँच बिस्तारको अभियानमा सघाउ पुर्याउन स्याङजाको वालिङबाट सेवा सुरु गरेको यस बैंकले यहि जेठ ३ गते सोमबारका दिन स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा बिस्तार गरेको थियो।
 
यस अघि बैशाख २० गते बागलुङको बुर्तिबाङमा समेत २५ औं शाखा बिस्तार गरेको थियो। राष्ट्रव्यापी रुपमा सञ्जाल बिस्तारको क्रममा यहि जेठ ११ गते नवलपरासीको बर्दघाटमा २८ औं शाखा बिस्तार गर्ने तयारी पुरा भएको सहर्ष जानकारी गराउँछौं। सुगम क्षेत्रका साथै दुर्गम क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गरेको गरिमा विकास बैंकले वित्तीय पहुँच अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ।
 
२०६४ साल अशोज २४ गते ३ जिल्लामा वित्तीय सेवाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको यस बैंकले ८ वर्षको अवधिमा आफुलाई राष्ट्रियस्तरको विकास बैंकमा स्थापित गराउन सफल भएको सर्वविदितै छ। यस क्रममा गरिमा विकास बैंकको शाखा सञ्जाल स्याङ्जामा ५ शाखा, कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २/२ वटा रहेका छन्। त्यसै गरि म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आए पछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहु र काठमाण्डौंमा एक एक शाखा गरि कुल शाखा संख्या २८ पुग्नेछ। हाल ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्य कार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाईसकेको छ।
 
२२ करोड ७३ लाख रुपैंया चुक्ता पूँजी भएको सुभेक्षा विकास बैंकसंग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ। यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहित काम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। 
२०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै लगिनेछ। 
 
चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ९ करोड ९८ लाख ९ हजार रुपैंया मात्र थियो।
 
हाल बैंकको जगेडा कोषमा २७ करोड २६ लाख १० हजार रुपैंया सञ्चित रहेको छ। मर्जरका कारण शेयर कारोबार रोक्का भएको यस बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ६२ प्रतिशत मात्र रहेको उक्त कार्यक्रममा बताइएको थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ