arrow

प्रदेश १ को कुन ठाँउमा कति बढे संक्रमित ?

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३  महिला र ९० जना पुरुष छन् । संक्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ पुरुष र २० जना महिला छन् । मोरङको रङ्गेलीमा पाँच महिला र चार जना पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ । 

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा आठ पुरुष र तीन महिला, बर्जुमा चार पुरुष र एक महिला, इटहरीमा चार पुरुष, धरान र रामधुनीमा दुईदुई पुरुष, झापाको दमकमा आठ जना, भद्रपुरमा तीन, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाका दुई जना र पाँचथरका एक जना पुरुषको स्थानीय तह नखुलेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार सङ्कमण पुष्टि भएका भारतीय नागरिकमा एक महिला र एक पुरुष छन् ।
 
प्रदेश  नं १ मा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ३५५ पुगेको छ भने बुधबार दुई जना निको भएका छन् । दुवै जना मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट निको भएर घर फर्केका हुन् ।

 कोरोनाबाट संक्रमित भएका निको भएर घरफर्कनेको सङ्ख्या एक हजार १३५ जना पुगेका छन् । प्रदेश नं. १ मा बुधबार एक  हजार ९४१ जनाको पीसीआर परीक्षण गरिएको छ । मङ्गलबार दुई हजार ६३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल सम्म ७२ हजार ४३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ