arrow

भारतबाट रेमडिसिभिर ल्याउन सके कोरोना संक्रमितलाई धेरै राहत हुने

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
remdesivir-vial-rt-jt.jpg

काठमाडौं। गम्भिर अवस्थाका कोरोना संक्रमितलाई निको बनाउने प्रभावकारी देखिएको औषधि रेमडिसिभिरको नेपालमा अभाव रहेको छ। भारतमा उत्पादन हुने यो औषधिको मूल्य भारतमा ७ हजार भारतीय रुपैयाँ रहेको छ। तर, नेपालमा भने यो औषधि पाइदैँन, पाइएपनि निकै नै महँगो हुने गरेको छ।

नेपालमा यस्को आवश्यकता बढेको पाइएपछि भारतले नेपाललाई सहजरुपमा औषधि दिने तत्पर रहेको पाइएको छ। केहि दिन महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सपना(नाम परिवर्तन)का बुवाको कोरोना संक्रमणको उपचार भइरहेको थियो।

गम्भिर अवस्थामा रहेका उनका बुवाका लागि रेमडिसिभिर औषधि प्रयोग गर्न उनले त्यहाँका केमिस्टलाई भनेकी थिइन्। तर, नेपालमा रेमडिसिभिर नपाइदा उनलाई गाह्रो भएको थियो।

भारतको फर्मास्युटिकल्ससँग सम्बन्ध रहेका ती डाक्टरले भारतबाट रेमडेसिभिर मगाउन सके र सपनाको बुवाको जीवन जोगियो। भारतबाट नेपाल औषधि ल्याउनका लागि १ सय २३ वटा फर्माहरु दर्ता भएका छन्। भारतबाट रेमडिसिभर आयात गर्न सकेमा कम मूल्यमै धेरेको ज्यान जोगाउन सकिने भाइरोलोजिस्ट प्रभात अधिकारीले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ