arrow

आज दुईपटक चरबेला, यस्तो हुनेछ समग्रमा दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र ५ गते शुक्रबार, इस्वीसंवत अगष्ट २१ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको तृतीय तिथि रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा तैतिल, आनन्दादि योगमा शुभ रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । 

आज दिनमान ३२ घटि २१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३८ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३४ मिनेटमा हुनेछ । आज हरितालिका तीज हो ।

आजको राशिफल
मेषः
मेष राशि भएकाहरूका आज न्यायालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछन् भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पधीसर््हरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय खराब छ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुँदाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्यावधान हुँने हुँदा मानसिक तनाव बढ्नेछ । माईती चेली बिचको सम्बन्धमा दुरी बढ्न सक्ने देखिन्छ ।

कर्कटः कर्कट राशिका लागि आज पनि समय शुभ छ । व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिससँग भेटघाट हुँने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँदा आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । आज सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज समय खराब रहेको छ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । मानसिक तनाव बढ्ने, कुनै पनि व्यक्तिस“ग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । टाढाको विशेषगरि उत्तर दिशाको यात्रा, आर्थिक लेनदेन आज नगर्नुहोला ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुँने समय छ । साथीभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । शत्रु स्थानको चन्द्रमाका कारण विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक गर्मीका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । आज आर्थिक लेनदेन गर्दै हुनुहुन्छ भने सोच विचार गर्नुपर्ने दिन रहेको छ । 

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ ।  अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

धनुः धनु राशिका लागि आज समय मध्यम खालको छ । आज लाभ हानी दुवैको योग छ । दैनिक कार्यबाट बञ्चित हुनुपर्ने छ । साताको शुरु र अन्त्य  लोकापवाद, विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रा तथा काममा सतर्क हुनुहोला ।

मकरः मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । गर्न खोजेका कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । मनामा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ । धैर्यगरी आफ्नो कार्यमा लग्नुहोला । पेट रोग तथा ग्याष्ट्रिकले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला । आज टाढाको यात्रामा नजाँदा राम्रो हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि पनि आज दिन तथा समय खराब छ । आज आर्थिक कारोबार नगर्नुहोला । पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी बढ्ने काम नगरे ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर  जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ ।

साइतः आज सिंह राशिमा चन्द्रमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार हो, पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः३८ बजेदेखि         ७ः०८ बजेसम्म        चर बेला
बिहान ७ः०८ बजेदेखि         ८ः३८ बजेसम्म        लाभ बेला
बिहान ८ः३८ बजेदेखि         १०ः०८ बजेसम्म        अमृत बेला
बिहान १०ः०८ बजेदेखि        ११ः३८ बजेसम्म        काल बेला
बिहान ११ः३८ बजेदेखि        १ः०८ बजेसम्म        शुभ बेला
दिनमा १ः०८ बजेदेखि        २ः३८ बजेसम्म        रोग बेला
दिउँसो २ः३८ बजेदेखि        ४ः०८ बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः०८ बजेदेखि        ५ः३८ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ