arrow

जिल्लामै छैन सर्पको टोकाइबाट जोगिने भ्याक्सिन

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
snake-bite2.jpg

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्या भएको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्या भएको हो ।

भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी नगरपालिका–२ का प्रकाश शाहीले जानकारी दिए । 

अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहेकोमा सो भ्याक्सिन पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनील पुनले जानकारी दिए । बिरामी आउने क्रम शुरु भएकाले अब भ्याक्सिन  प्रदेशबाट मगाउने तयारी भएको उनले बताए ।

पहाडी जिल्लामा बिशालु सर्पहरु कम पाइने भएकाले भ्याक्सिन माग पनि कम हुने गरेको डाक्टर पुनले बताए ।

जाजरकोटमा वर्षा याममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ