arrow

बिरामीमा संक्रमण देखिएपछि मध्यविन्दु अस्पतालको सेवा बन्द

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
madhyabindu.JPG

कावासोती । पुर्वी नवलपरासीको कावासोती १६ डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमामा उपचाररत ४० वर्षीय बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द भएको अस्पतालले जनाएको छ । 

बिरामीमा संक्रमण देखिए पछि बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु , अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परिक्षण गर्नु पर्ने र अस्पताललाई निर्मलिकरण गर्नु पर्ने भएकाले स्वाब परिक्षणको रिपोर्ट प्राप्त नहुदासम्म अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा सुनिलराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । 

उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना भएका कावासोती १६ निवासी ४० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी डण्डाका एउटा खाद्य पसलका सञ्चालक हुन् । ३ दिन अघि भर्ना भएका उनको अहिले अवस्था सामान्य रहेको र उनलाई अस्पतालको आईसोलेसनमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ