arrow

इजिप्ट एयर विमानको भग्नावशेष अलेक्जेन्ड्रिया नजिकै भेटिएको इजिप्टको दाबि

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
egypt-air-1-e1463627588207.jpg.jpeg
कायरो (इजिप्ट) । बिहीबार फ्रान्सको राजधानी पेरिसबाट कायरोका लागि उडेको दुर्घटनाग्रस्त विमानको भग्नावशेष अलेक्जेन्ड्रियाको नजिकै फेला परेको इजिप्टको सेनाले शुक्रबार जनाएको छ । 
 
विमानमा ६६ जना यात्रु र चालक दलका सदस्यसहित पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको एयरबस ३२० को फ्लाइट नं ८०४ को भग्नावशेष र यात्रुका सामानहरु अलेक्जेन्ड्रिया नजिकैको भूमध्यसागरीय इलाकामा फेला परेको इजिप्टको सेना तथा ग्रीसका रक्षामन्त्रीले बताएका छन् । 
 
खोजीका क्रममा विमानको भग्नावशेष दुई सिट र सुटकेसहरु अलेक्जेन्ड्रियाबाट करिब २९० किलोमिटर टाढा भेटिएको इजिप्टको सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद समीरले बताए । 
 
आतङ्कवादी हमलाको सम्भावना 
 
इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला भएको बढी संम्भावना भएको बताएका छन‍् । 
 
पेरिसबाट इजिप्टको राजधानी कायरोतर्फ उडेको इजिप्टएयरको सो विमानको उडेको केही समयपछि राडरसँग बिहीबार बिहान २:४५ बजे सम्पर्क विच्छेद भएको थियो ।  बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको समाचार अपरान्ह आएको थियो । 
 
यसअघि बिहीबारै सो विमान दुर्घटनाग्रस्त भएको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले दिएका थिए । इजिप्ट र ग्रिसले बिहीबार साँझ सो विमानको खोजीका लागि सामुद्रिक र स्थल सेना पठाएका थिए । 
 
उक्त विमानमा अधिकांश इजिप्टेली र २६ जना विदेशी नागरिक थिए । विदेशीमध्ये १५ जना फ्रान्सेली रहेका थिए । विमानमा बेलायती र क्यानाडेली पर्यटक पनि रहेका थिए । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ