arrow

आईसीयुमा रहेका संक्रमितको मृत्यु, गत साता आएका थिए भारतबाट

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
butwal-corona-hospital.jpg

रुपन्देही । रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा न–७ का ६४ वर्षीय पुरुषको शुक्रबार (आज) बिहान मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उक्त व्यक्तिलाई श्वास प्रश्वासमा समस्या देखिएको र व्लडप्रेसरको औषधि सेवन गर्दै आएकाले गत रातिबाट थप समस्या भएको वताए । गत साउन अन्तिम साता भारतबाट आएका उक्त व्यक्ति स्थानीय क्वारेन्टाइनमा वस्दै आएका थिए ।

क्वारेन्टाइनमा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उनको स्वास्थ्यमा समस्या देखिएपछि बुटवल स्थित कोरोना विशेष अस्पतालमा ल्याएर आईसीयु कक्षमा राखेर उपचार भइरहेको थियो । यो सँगै उक्त अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

सो कारोना विशेष अस्पतालमा हाल सम्म आईसीयु कक्षमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेको कोरोना फोकल पर्सन डा.थापाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ