arrow

आइसोलेशनको नाममा सार्वजनिक स्थल तानियो विवादमा

सरोकारवाला भन्छन्- विवादमा ल्याउनु गलत

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
isolation-rupandehi.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) अन्र्तगत पुष्पलाल स्मृति पार्कमा आइसोलेशन वनाउने भन्ने प्रस्तावले अनावश्यक रुपमा सार्वजनिक स्थललाई विवादित ल्याउनु गलत भएको त्यहाँका स्थानीय सरोकारवालाहरुले वताएका छन् । 

उनीहरुले क्वारेन्टाइनको नजिक आइसोलेशन वनाउँदा सजिलो हुने भन्ने स्थानीय तहको भनाईलाई सम्मान गर्दै, तर वनवाटिका भित्र क्वारेन्टाइन वनाउने क्रममा तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले थप संख्या वढेमा त्यहाँ रहेका विभिन्न नामका पिकनिक सेटहरुमा आइसोलेशन वनाईने भन्दै वोलेको मौखिकतालाई छोडेर पुष्पलाल पार्कमा वनेको भवनमा आइसोलेशन सेन्टर वनाउनु खोज्नुले वनवाटिका जस्तो सार्वजनिक स्थललाई अनाश्वयक रुपमा विवादमा तानेर राजनीतिक खेल खेल्न नहुने वताएका छन् ।

साथै सरोकारवाला निकायले नगरपालिका भित्र अन्य स्थानहरुमा सरकारी भवनहरु रहेको भन्दै, विवादमा नल्झिएर आम नागरिकहरुको स्वास्थ्य वचाउनका निम्ति वैकल्पिक रुपमा नगरभित्रै करहरिया सामुदायिक वनको सेट, कुञ्जलापुरमा रहेको नवनिर्मित नगरपालिकाको भवन र सोही स्थानमा निर्माण गरिएको करिव १ हजार अट्न सक्ने गेष्टहाउस सहितको सभाहल खाली रहेको अवस्थामा एउटै प्रस्तावमा अल्झिनु र विवाद गरेर स्वास्थ्य सेवालाई अलपत्र जस्तै अवस्थामा नवनाउन आग्रह गरेका छन् । 

यस्तै वनवाटिका भित्र रहेको प्रस्तावित खाली भवनमा नगरपालिकाले २० वटा बेड सहितको आइसोलेशन बनाउन माग गरेको वताईएको छ । तर यस विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारमा शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका पार्क व्यवस्थापन समितिका संयोजक राम गिरीले नगरपालिकाको प्रस्तावलाई ठाडै अस्वीकार गरी आइसोलेशन सेन्टर वनाउन नदिने भन्ने समाचार प्रति अध्यक्ष गिरीले नगरपालिकाका प्रेस सल्लाहाकार वाट गलत व्याख्या सहितको समाचार वाहिरिएको भन्दै असुन्तुष्टि जनाएका छन् । 

हाम्राकुरा डटकमसंग कुरा गर्दै, अध्यक्ष गिरीले सो भवनमा आइसोलेशन सेन्टर वनाउने भन्ने प्रस्ताव आएपछि आफुले वनाउन दिन्न नभएको भन्दै, उक्त भवन निर्माण भएपनि तर शौचालय लगायतका भौतिक संरचना वनाउन वाँकी रहेकाले दिन्छु पनि नभनी निर्माण कार्य अझै वाँकी रहेकाले सम्भव भए सम्म अन्यत्र वनाउन आग्रह गरेको वताए ।

तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्य चौकीको भवनमा यसअघि २० वटा बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइसकेकाले प्रस्तावित पुष्पलाल पार्क नजिक भएकाले स्वास्थ्यकर्मी देखि धेरै संक्रमितहरु भएमा सार्न पनि सजिलो हुने भएकाले नगरपालिकाले त्यहाँ थप आइसोलेशन वनाउन खोजिएको वुझिएको छ ।

पुष्पलाल स्मृति पार्क मावनवस्ती नजिकै रहेको छ । जसका कारण स्थानीयहरुले स्थायी रुपमा वनाईने आइसोलेशनले स्थानीयहरुलाई प्रभाव पार्न सक्ने वताएका छन् । यता तिलोत्तमा नगरपालिकाले भने सोही स्थानमा आइसोलेशन सेन्टर वनाउन उपयुक्त ठानेको जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ