arrow

सेभियालाई छैटौं पटक युरोपा लिगको उपाधि, पछिल्लो नौंमा छ उपाधि स्पेनिश क्लबलाई

logo
प्रकाशित २०७७ भदौ ६ शनिबार
sevilla-europa-league-champ.jpg

काठमाडौं । स्पेनिश क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि चुम्न सफल भएको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो ।

सेभियालाई छैटौं पटक उपाधि दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे ।

इन्टरका रोमेरो लुकाकु र डिएगो गोडिनले एक एक गोल फर्काए ।

कोलोग्ने स्टेडियममा सुरुवाती एक गोल भने इन्टरले गरेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो ।

पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन । यता स्पेनिश क्लबले एउटा रेकर्ड राखेका छन् । 

पछिल्लो ९ मध्ये ६ उपाधि स्पेनिश क्लबले जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ