arrow

रोहितसहित पाँच खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

logo
प्रकाशित २०७७ भदौ ६ शनिबार
rajib-gandhi-ratna-award-20.JPG

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य रोहित शर्माले राजीव गान्धी खेल रत्न पुरस्कार पाउने भएका छन् । 

भारतको खेलकुद मन्त्रालयले शुक्रबार रोहितलाई उक्त अवार्ड दिन निर्णय गरेको हो । रोहित यो अवार्ड पाउने चौथो क्रिकेटर पनि हुन् ।

यसअघि सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीले यो अवार्ड पाइसकेका छन् । 

तेन्दुलकर उक्त अवार्ड पाउने पहिलो खेलाडी थिए । उनले सन् १९९८ मा उक्त अवार्ड पाएका थिए । धोनीले २००७ मा र कोहलीले २०१८ मा पाएका थिए । 

यसपटक रोहितसँगै टेबल टेनिसकी मनिका बत्रा, कुस्तीका भिनेस फोगाट, हक्कीकी रानी रामपाल र पारा एथ्लेटिक्सका मारियप्पन टीले उक्त अवार्ड पाउने भएका छन् । 

कोरोना भाइरसका कारण यसपटकध राष्ट्रिय खेल पुरस्कार समारोह हुने छैन । २९ अगष्टमा भर्चुवल तरिकाबाट पुरस्कार दिइने बताइएको छ । 

बक्सिङ खेलाडी शिव सिंहलाई लाइफ टाइम विधामा द्रोणाचार्य अवार्ड दिइने छ । 

महिला क्रिकेटर दिप्ती शर्मा र इशान्त शर्मालाई अर्जुन अवार्ड दिइने छ । 

उक्त अवार्डको १२ सदस्यीय कमिटीमा पूर्व क्रिकेटर वीरेन्द्र सहवाग पनि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ