arrow

चेतना नभएको कि कुबुद्धिले वास गरेको ? 

logo
प्रकाशित २०७७ भदौ ६ शनिबार
tarkari-pasal.jpg

डोटी । कोरोना भाइरसको संक्रमण समुदायमै फैलदा समेत नागरिकमा सचेतना कम रहेको पाइएको छ । कोही चेतना नभएजस्तो गरिरहेका छन् भने कोही थाहा भएर पनि हेल्चेक्रयाइँ गरेको पाइएको छ । 

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा बिना मास्क ग्राहकले तरकारी किनिरहेका छन् । 

जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्दै गएपनि त्यहाँका स्थानीयले बजारमा कोरोना रोकथाम सम्बन्धि उपकरण प्रयोग गरेको खासै पाइदैन । 

यसलाई कुबुद्धिले वास गरेको भन्दा नै उपयुक्त हुने हो कि !

दृष्टान्तः नेपालमा शुक्रबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । मृतकको संखया १३७ पुगेको छ । शुक्रबार एकै दिन ११ जनाको ज्यान गयो । निको हुनेहरु १८ हजार २१४ जना रहेका छन् । 

१२ हजार २३४ जना क्वारेन्टिनमा छन् । १२ हजार १३२ जना आइसोलेसनमा रहेका छन् । 

अहिलेसम्म ५ लाख ७९ हजार ८९९ वटा मात्र पीसीआर परीक्षण भएको छ । प्रभावकारी केही पनि नभएको आरडीटी परीक्षण ३ लाख १२ हजार ४०२ वटा गरिएको छ । तस्वीर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ