arrow

सन्दीप लामिछानेको सनसनीपूर्ण बलिङ, तर टरेन हार 

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
sandeep-lamichhane-cpl.jpg

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लामिछानेले शानदार प्रर्दशन गरे पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा जमैका तलावाहले लगातार दोस्रो हार ब्यहोरेको छ ।

शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित भएको हो ।

खेलमा सन्दीपले ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । सन्दीपले यसअघि पहिलो र दोस्रो खेलमा १–१ विकेट लिएका थिए । 

पहिलो खेल जितेको जमैका त्यसपछिका दुवै खेल हार्न पुगेको छ । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतिमा १०४ रनमात्र बनाउन सक्यो ।

उसका आन्द्रे रसेलले नटआउट ५२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । रोभमन रेसलले २३ रन बनाए । सन्दीप लामिछानेले ३ बल खेल्दै रनको खाता खोल्न सकेनन् । 

यसअघि पहिले ब्याटिङ गरेको गुएनाले १९.१ ओभरमा अलआउट भएर ११८ रन बनाएको थियो ।

गुएनाका ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ