घरमै यसरी पाउनुस् ढाडको दुखाइबाट तत्काल छुटकारा

प्रकाशित मिति : २०७७ भदौ ७ आइतबार

एजेन्सी। लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ  दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।

१.लसुन
दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन-चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् ।  तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल  सेलाएपछी  दुखेको ठाउँमा  मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ । 

२.बाफ
नुन राखेर उमालेको पानीमा  बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा  उक्त कपडा राखेर बाफले सेक्नुस्। 

३. नुन 
कराईमा ३-४ चमेचा नुन राखेर  भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ। 

४.ज्वानो
ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ ।


५.हिड्नु
धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर  ४० मिनेटको अन्तरमा दायाँ बायाँ   हिड्नुहोस्।


६.नरम ओछ्यान 
हिजोआज नदब्ने (कडा) ओछ्यानको प्रयोग बढिरहेको छ । तर त्यसो नभइ नरम ओछ्याउनेको प्रयोगनै उत्तम हुन्छ । नरम विछ्यौनाको प्रयोग गरे ढाडको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।

क्यालशियम 
क्यालशियम प्राप्त हुने खानेकुराहरु खाने गर्नुहोस् ।   क्यालशियमको कमीले हड्डी कमजोर भई दुख्ने हुनाले तपाईले खाने खाद्ध सामाग्रिमा क्यालशियमको मात्रा भरपुर हुन आवश्यक छ । सबै खानेकुराहरुवाट  क्यालशियम पाइन्छ भन्ने छैन त्यसै विज्ञहरुकै सल्लाहमा क्यालशियम युक्त खाद्ध सामाग्रिको जोह गर्नुपर्दछ । 
 

नयाँ