arrow

कपिलवस्तुमा फेरी थपिए २९ जना संक्रमित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ ७ आइतबार
kapilbastu4.jpg

कपिलवस्तु । समुदाय स्तरमा दिनहुं फैलिरहेको कोरोना भाइरस कपिलवस्तुमा दिन प्रतिदिन बढ्दो छ । आइतबार जिल्लामा  २९ जनामा कोरोना संक्रमण भएको पुष्ठि भएको छ । 

यसरी पुष्ठी हुनेमा कपिलवस्तु नगरपालिकाका  ७ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ त्यस्तै शुद्धोधन गाउंपालिकामा ४ जना, विजयनगर गाउंपालिकाका ६ जना , शिवराज नगरपालिकामा २ जना विदेशवाट आएकालाई पनि संक्रमण भएको छ । 

त्यस्तै मायादेवी गाउंपालिकाका १ जना वडा सदस्य र १ जना बैक कर्मचारी गरी २ जनालाई कोरेना पुष्ठि भएको छ । उता वाणगगा नगरपालिका क्षेत्रका ८ जनामा कोरोना संक्रमणको पुष्ठी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए ।  

संक्रमण फैलिएसंगै जिल्ला प्रशासन कार्यालयले १५ भाद्र सम्म निषेध आज्ञा थप गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ