arrow

लन्डनमा चार महिलामाथि साङ्घातिक हमला

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
_89753769_sainsburys3-bbc.jpg.jpeg
लन्डन । बेलायतको राजधानी सहर लन्डनको पश्चिममा अवस्थित एक सुपरमार्केटको कार पार्किङमा धारिलो हतियारको प्रयोग गरी चार महिलामाथि साङ्घातिक हमला भएको स्थानीय सञ्चारमाध्यमले बताइएका छन् । 
 
घटनामा एक जना महिला गम्भीर घाइते भएकी छन् भने अन्य तीन जना सामान्य घाइते भएको बीबीसीले बताएको छ । उनीहरूलाई हत्या गर्ने उद्देश्यले आक्रमण गरेको आशङ्कामा एक ६० वर्षीय व्यक्तिलाई पक्राउ गरिसकिएको लन्डन प्रहरीले बताएको छ । 
 
उनीहरूमाथि आक्रमण भएपछि स्थानीय समयअनुसार १० बजेर ३० मिनेटको समयमा द एभेन्यु इन ह्याम्टनमा खबर गरिएपछि प्रहरीको टोली तत्कालै घटनास्थल पुगेको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ