arrow

मोदी–ओबामाबीच जुन ७ मा भेटवार्ता हुने

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
150125_indiatrip7_gty_1160_1160x629.jpg.jpeg
वासिङटन । अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा आगामी जुन ७ मा भेटवार्ता हुनेभएको ह्वाइट हाउसका प्रेस सचिव जोस अर्नेस्टले शुक्रबार बताएका छन् । 
 
भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी कँग्रेसको जुन ८ मा हुने संयुक्त बैठकमा सम्बोधनका लागि यसअघि नै निमन्त्रणा पठाइएको थियो । 
 
प्रेस सचिव अर्नेस्टले जारी गरेको वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामाको नयाँ दिल्लीको भ्रमणपछि थप प्रगाढ बनेको भारत–अमेरिका सम्बन्धबारे विविध महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ