arrow

भारतको हिमाञ्चल प्रदेशमा सडक दुर्घटनामा ३० को मृत्यु

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
_48c80bc4-1f22-11e6-a451-36c3a3fdf989.jpg.jpeg
नयाँ दिल्ली । भारतको उत्तरी क्षेत्रमा अवस्थित हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको समाचार छ । 
 
प्राप्त पछिल्लो समाचारअनुसार ती दुर्घटना हिमाञ्चल प्रदेशको किनाउर र चाम्बा जिल्लामा भएका हुन् । शनिबार बिहान किनाउर जिल्लामा एक जिप सडकबाट ३०४ मिटर तल खस्दा त्यसमा रहेका १३ जना यात्रुको ज्यान गएको छ । 
 
मारिनेमा दश जना एकै गाउका नागरिक रहेका छन् । स्थानीय प्रहरी अधिकारी सुरिन्दर मोहनले त्यस दुर्घटनामा परी अरु केही यात्रु घाइते भएको पनि जनाइएको छ । 
 
त्यसैगरी शुक्रबार राति अर्काो जिल्ला चाम्बामा भएको यस्तै सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी थप २३ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । 
 
चाम्बा जिल्लाका प्रहरी अधिकारी अजय पराशरले भने– उक्त दुर्घटनामा परी सात जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप दशको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । 
 
भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने विषय पछिल्ला दिनहरुमा सामान्यजस्तो बन्न पुगेको छ । 
 
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या वर्षेनी कम्तीमा पनि दुई लाख पुग्ने गरेको छ । 
 
भारत विश्वमा नै सडक दुर्घटनामा सबैभन्दा धेरै नागरिकको ज्यान जाने देशमा पर्दछ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ