arrow

प्रशासनको सूचनामा जारीभन्दा कार्यान्वयन मिति पुरानो !

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ ८ सोमबार
jhapa-suchana.jpg

झापा ।  पछिल्लो समय कोरोना बिपत्तीमा विभिन्न स्थानीय निकाय तथा संघ संस्थाहरुले बिभिन्न किसिमका सूचना  तथा जानकारीहरु जारी गर्दा  सर्बसाधारण भने अन्योलमा पर्ने गरेका छ्न । 

नगर तथा गाउँपालिकाले एक किसिमको सूचना जारी गरेकै बेला सोहि पालिका अन्तर्गतका वडा तथा पालिकाका सस्थाहरुले जारी गरेको सूचनामा फरक फरक मोडालिटी रहदा सर्बसाधारण भने अन्योलमा पर्ने गरेको देखिन्छ ।

यस्ता फरक किसिमका सूचना र सूचनामा रहेको त्रुटिले कोरोनाको कहरमा जनताहरु भ्रमको सिकार भएका छन । यस्तै किसिमको सूचना झापा जिल्लाको जिल्ला प्रशासनले सोमबार जारी गरेको छ । जसमा सूचना जारी मिति भाद्र ८ गते छ  भने कार्यान्वयन मिति भाद्र ६ । झापाको कमल गाँउपालिकामा जिल्ला प्रशासनले कर्फ्युको आदेश जारी गरेको हो ।  

यस्ता जिम्मेवार निकायले जारी गर्ने सूचनामा ध्यान नदिदा सूचनाको बिस्वस्नियतामा ह्रास न आउला भन्न सकिन्न !  माथि हेर्नुस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ