arrow

अमेरिकाको टेक्सासमा नेपाली जनसम्पर्क समिति गठन

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
texas-congress.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा ‘नेपाली जनसम्पर्क समिति मार्बलफाल्स च्याप्टर ’ गठन गरिएको छ। नेपाली कांग्रेसको विधान अन्तर्गत रहँदै प्रजातान्त्रिक बिचारमा आस्था राख्ने नेपाली युवाहरूको भेलाले जनसम्पर्क समिति गठन गरेको हो।

नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय संगठन विभाग सदस्य डिल्लीबहादुर रावतको उपस्थितिमा भएको भेलाबाट रुकुम पश्चिमको बाँफिकोट–६ मग्मा स्थायी घर भएका मनबहादुर कुसारीको नेतृत्वमा १३ सदस्यीय जनसम्पर्क समिति गठन गरिएको हो।

जनसम्पर्क समितिको उपसभापतिमा कर्णबहादुर नेपाली र गोविन्द कुसारी, सचिवमा बिर्खबहादुर खत्री, सहसचिवमा बासुदेव कुसारी तथा कोषाध्यक्षमा सुबास खत्री निर्विरोध चयन भएका छन्। सदस्यहरु कमला खत्री, पूर्णकुमारी गौतम, पवित्रा खड्का, रमेश न्यौपाने, किशोर कुसारी, किरणकुमार केसी र दिपक कुसारी पनि निर्विरोध चयन भएको नवनिर्वाचित उपसभापति गोविन्द कुसारीले जानकारी दिए।

भेलामा अमेरिकाको टेक्सासमा बस्ने ७० जनाभन्दा बढी कांग्रेस समर्थक नेपालीहरूको सहभागिता रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ