arrow

वर्गाीकरण खारेज गर्दै तोकिए कोरोना अस्पताल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-hospital1.jpg

काठमाडौं । सरकारले कोरोना उपचारका लागि गरेको अस्पतालहरुको वर्गीकरण खारेज गरेको छ ।

सरकारले यअसघि कोरोनाको उपचारका लागि भन्दै गरेको लेबल वान, लेबल टु र लेबल थ्री  आइतबार खारेज गरिएको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

वर्गीरकण गरिएको लेबल खारेज गरेर ‘कोभिड अस्पताल’ मा परिवर्तन गरिएको डा. गौतमले बताए ।
‘स्वास्थ मन्त्रालयको निर्णय अुनसार लेबल वान, लेबल टु र लेबल थ्री कोभिड अस्पतलाहरुलाई कोभिड अस्पतालहरुमा परिवर्तन गरिएको छ’ प्रवक्ता गौतमले भने, ‘जुनसुकै लेबल भएपनि उक्त अस्पतालहरुमा नियमित भरहेका सेवामा कोभिड पोजिटिभ आएपनि सो सेवा त्यही सेवा त्यहीबाट दिने गरी निर्णय गरिएको छ ।’

यसअघि सरकारले कोरोनाको गम्भीरताका आधारमा सेवा दिने भन्दै विभिन्न अस्पतालहरुलाई लेबल वान देखि लेबल थ्रीसम्ममा वर्गीकरण गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ