arrow

पार्टीलाई पुनर्निर्माण गरी उच्चस्थानमा पुर्याउन पर्या छ

logo
दिव्यमणी राजभण्डारी, 
प्रकाशित २०७७ भदौ ८ सोमबार
dibyamani-nc.gif

विधि र विधानको अनुशरण विना व्यवस्थापन गर्ने चलन रहेछ,
अल्पमतसंग समझदारी विना परिचालन गर्ने बानी बसेछ । 

जति इमान्दार हौँ, क्रियाशिल रहौँ र क्षमता बढाऔं भने पनि 
यदि गुट उपगुटमा सामेल भइएन भने व्यर्थ हुँदोरहेछ । 

जेल, नेल र सास्ती पाउने कार्यकर्ताहरु 
शीर्ष नेताहरुका आठपहरिया रहेनन् भने बेकार हुँदोरहेछ ।

शक्ति र श्रोत मात्र राजनीतिमा हावी हुन्छ भन्ने बुझ्दा रहेछन्,
आफैले गरेको त्याग तपस्याको उद्देश्य बिर्सिदा रहेछन् ।

हिजो किशुनजी र गणेशमानजीका अनुयायी भन्नेहरुको व्यथा पनि त्यस्तै रहेछ,
अब बुझेँ, किन उहाँहरुले दिक्क भइ पार्टी छोडिजानु भएको रहेछ ।

हाललाई पार्टीका आदर्श र व्यवहार छुट्टयाउन गाह्रो पर्या छ,
आफ्नो विश्वासमाथि दर्द पोखी बाँच्नु पर्या छ ।

अमिल्दा ढुङ्गाहरु मिलाई रुखलाई उच्चमा राखे जस्तै, 
पार्टीलाई पुनर्निर्माण गरी उच्चस्थानमा पुर्याउन पर्या छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ