arrow

आज दुईपटक छ रोगबेला, यस्तो हुनेछ समग्रमा दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र ९ गते मंगलबार, इस्वीसंवत अगष्ट २५ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको सप्तमी तिथि रहनेछ । आज विशाखा नक्षत्र, विष्कुम्भादि योगमा ब्रह्म, करणमा भद्रा, आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । 

आज दिनमान ३२ घटि ६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४० मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३० मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
समय शुभ छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । नतिजा तपाईको साथमा छ । आतिथ्यपूर्ण सम्मान पाउन सकिनेछ । यात्राका लागि राम्रो समय छ । खेलकुदमा संलग्न भइनेछ । अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ । प्रतिस्पर्धी परास्त होलान् । कामबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । उपचारमा खर्च हुने योग छ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । खेलकुदमा संलग्न भइनेछ । व्यावसायिक यात्रा तथा भ्रमणको योग छ । शुभ समाचार प्राप्त हुने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझपख कलहको योग छ । दुविधा बढ्नाले सही निर्णय लिन सकिनेछैन । आज उत्तर दिशाका यात्रा नगर्दा नै राम्रो हुनेछ । 

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग ः नीलो, स्वामीराशि ः शुक्र ग्रह । मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक शंका हुने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । नचाहेर पनि काममा संलग्न हुनु पर्नेछ । पढाई लेखाइमा त्यत्ति ध्यान दिन नसकिएला । प्रशस्त धन आर्जन र सञ्चय समेत गर्ने मौका गुम्नेछ । अस्वस्थताका कारण कामको दायित्व पूरा अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज समय ठीक छैन । व्यावसायिक काममा खर्च बढ्नेछ । विगतका समस्या बल्झिन पनि सक्छन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला तर ठूलावडाले सहयोग गर्नेछन् । प्रतिष्ठित काम गर्ने मौका गुम्ने देखिन्छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । माया प्रेमको लागि रमाइलो छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज पनि समय राम्रो छैन । निर्णायक क्षमतामा कमी आउनेछैन । ठूलाबडाले सहयोग गर्नेछन् । माया प्रेमको लागि समय रमाइलो छ । विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफूभन्दा ठूला व्यक्तिको सल्लाह पाइनेछ । बोलीकै भरमा पनि काम सम्पादन हुनेछन् । मन डराउने देखिन्छ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज समय राम्रो छैन । विगतका समस्या बल्झिन सक्छन् । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । सरकारी काममा झमेला आइलाग्ने छ । काममा निराशा छाउनेछ । रचनात्मक काम सुरु गर्ने मौका गुम्ने देखिछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । स्वास्थ्यमा भने सुधार हुने देखिन्छ । टाढाको यात्रा शुभ छैन ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः आज समय अत्यन्तै राम्रो छ । भाग्यस्थानको चन्द्रमाका कारण तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । आजको दिन तपाईको लागि महत्वपूर्ण रहेको छ । खेलकुद कार्यमा संलग्न भइनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय तथा दिन बित्ने छ । टाढाको यात्रा फलदायी बित्ने योग छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, पूजा तथा आराधना, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको दर्शन, पूजा एवं उपासना गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आज पनि समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । 

धनुः आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज उत्तर दिशाको यात्राबाट कुनै काम बन्नेछैन । छिमेकीसंग आज आर्थिक कारोबार नगर्नुहोला । 

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् भने आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आज समय राम्रो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । तर आज यात्रा नगर्नुहोला । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । 

कुम्भः आज पनि समय खराब छ । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आज पनि समय मध्यम खालको छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आतिथ्य भने खर्चिलो हुन सक्छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज चन्द्रमा कन्या राशिमा छन् । त्यसैले दक्षिण र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दैै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४० बजेदेखि         ७ः१० बजेसम्म        रोग बेला
बिहान ७ः१० बजेदेखि         ८ः४० बजेसम्म        उद्धेग बेला
बिहान ८ः४० बजेदेखि         १०ः१० बजेसम्म        चर बेला
बिहान १०ः१० बजेदेखि        ११ः४० बजेसम्म        लाभ बेला
बिहान ११ः४० बजेदेखि        १ः१० बजेसम्म        अमृत बेला
दिनमा १ः१० बजेदेखि         २ः४० बजेसम्म        काल बेला
दिउँसो २ः४० बजेदेखि          ४ः१० बजेसम्म        शुभ बेला
दिउँसो ४ः१० बजेदेखि         ५ः४० बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ