arrow

तब रोकथाम हुनेछ कोरोना भाइरस 

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । यो महामारी कहिले रोकथाम हुन्छ भन्ने यकिन छैन । विभिन्न अध्ययन अनुसन्धान जारी छन् । 

भ्याक्सिनको परीक्षण भइरहेको छ । झुण्ड प्रतिरक्षा (हर्ड इम्युनिटी) भएमात्र यसको रोकथाम हुने दाबी गर्न थालिएको छ । 

भारतको दिल्लीमा हालै गरिएको सर्वेक्षणमा २९ दशमलव १ प्रतिशत मानिसमा एन्टीबडी पाइएको छ । मतलब त्यहाँ त्यतिधेरै संख्यामा एन्टीबडी पाइएको हो । योसंगै फेरि एकपटक हर्ड इम्युनिटी (झुण्ड प्रतिरक्षा) लाई लिएर बहस सुरु भएको छ । 

यो महामारीको यस्तो चरण हो जब भाइरस समुदायमा फैलिन सुरु हुन्छ । 

यसबाट गम्भीर प्रश्न खडा भएको छ कि भारतमा समुदाय स्तरमा कोरोना फैलिएकै हो त ? के मानिसमा हर्ड इम्युनिटी आउन सुरु भएकै हो ? यसको फाइदा के हो र कहिलेसम्म आउँछ ? 

अल इन्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्स एम्स अन्तर्गत रुमेटोलोजी डिपार्टमेन्ट एचओडी डाक्टर उमा कुमारका अनुसार समुदाय संक्रमण निकै अगाडि बढिसकेको छ । 

केही स्थानमा समुदायमा संक्रमण फैलिसकेको छ भने केहीमा फैलिएको छैन । उनका अनुसार देशको ६० देखि ७० प्रतिशत जनसंख्यामा कोरोना भाइरस विरुद्ध इम्युनिटी विकसित भयो भने संक्रमण फैलिने चक्र टुक्रिने छ । 

यदि यस्तो भयो भने यो भाइरस नियन्त्रणमा आउने छ । एक दुई वटा केस मात्र भेटिने छन् । 

के हो हर्ड इम्युनिटी 
हर्ड–झुण्ड अर्थात् समूह । इम्युनिटी–प्रतिरक्षा, रोग प्रतिरोधक क्षमता । जब कोरोना भाइरस विरुद्ध धेरै मानिसमा प्रतिरोधात्मक क्षमता विकसित हुन्छ तब हर्ड इम्युनिटी आउँछ । 

हर्ड इम्युनिटीले भाइरसको चेनलाई टुक्रयाउँछ । यसबाट भाइरस फैलिने रफ्तार कम हुनेछ । 

हर्ड इम्युनिटी आएपछि ती मानिस पनि बच्छन् जसको इम्युनिटी पावर कमजोर छ । यही प्रक्रियालाई हर्ड इफेक्ट भनिन्छ । 

डाक्टर उमाका अनुसार यदि ६० देखि ७० प्रतिशत जनसंख्यामा हर्ड इम्युनिटी आयो भने बाँकी ३० देखि ४० प्रतिशत जनसंख्या बच्नेछ । किनकि चेन ब्रेक भएपछि यस्ता मानिसमा हर्ड इफेक्टबाट फाइदा पुग्नेछ । 

यो भ्याक्सिन लगाउने र एन्टीबडी बनेपछि भाइरसको चेन ब्रेक हुने गर्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ