arrow

भेनस कप राष्ट्रिय टेबल टेनिस भोलिदेखि

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
tabletennis.jpg.jpeg
काठमाडौँ । ‘भेनस कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ । 
 
काठमाडौँ जिल्ला टेबल टेनिस सङ्घ र रोटरी क्लब अफ नागार्जुनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभागीय टोलीसहित अन्य जिल्लाका गरी जम्मा २२५ खेलाडीले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा अन्य आठ जिल्लाका खेलाडीले भाग लिनेछन् । 
 
प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकलतर्फ प्रथम, द्वितीय र सेमिफाइनलमा पुगेका दुई खेलाडीलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । 
 
प्रतियोगिता सञ्चालनका लागि आयोजक जिल्ला सङ्घका अध्यक्ष धर्ममान बज्राचार्य र भेनस ग्रुपका प्रबन्ध निर्देशक शम्भुप्रसाद गुरागार्इंबीच यसअघि नै रु एक लाखको सम्झौता भएको थियो । 
 
पत्रकार सम्मेलनमा अध्यक्ष बज्राचार्यले नेपाली खेलाडीलाई व्यावसायिक बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अब्बल बनाउन प्रतियोगिता आयोजना गरिएको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ