arrow

गण्डकीमा थपिए कोरोनाका १३ संक्रमित, विवरणसहित

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ ९ मंगलबार
gandaki-province-pradesh.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १३ संक्रमित थपिएका छन् । मंगलबार बिहान ९ बजे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका ७ तथा तनहुँका ६ जना संक्रमित थपिएका छन् । 

प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिका वडा ४ का २, ५ का २ तथा वडा ७, १० र १४ का १–१ जना थपिएका हुन् । तीमध्ये ३ पुरुष र ४ महिला हुन् । 

त्यस्तै तनहुँका भानुका वडा १ का २ पुरुष र ४ महिला थपिएका हुन् । 

थपिएका पोखरा १० का दुई पुरुष दुबईबाट फर्किएका थिए । बाँकी सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । 

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको छ । १ हजार ६३९ जनालाई निको भएको छ । निको हुने संख्या ८५.९ प्रतिशत हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ