arrow

राष्ट्रिय चेस च्याम्पियनसीपमा भुपेन्द्र निरौलाको एकल अग्रता, केशव पराजीत

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
IMG_4072.JPG.jpeg
 
 
ईलाम ।  क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा एकल अग्रता बनाएका छन् । शनिबार सम्पन्न चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । 
 
कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो गल्तिको फाईदा लिँदै ६५ औं चालमा जीत हात पारेका हुन् । तेश्रो चरणको खेलमा सर्लाहीका कमल श्रेष्ठलाई पराजीत गरेका निरौलाको ४ खेलबाट ४ अंक भएको छ ।
 
सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा जारी च्याम्पियनशीपमा ललितपुरका ओलम्पियाड खेलाडी ३ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । तेश्रो चरणमा फिडेमास्टर मनिष हमाललाई समेत बराबरीमा रोकेका सजिनले चौथो चरणको स्पर्धामा राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारीलाई पराजीत गरेका हुन् ।
 
नेपाल आर्मी क्लबका हिमाल लामा, नेपाल पुलिस क्लबका पुरुषोत्तम चौंलागाईं, पूर्व राष्ट्रिय च्यामिपयन नविन तण्डुकार तथा फिडेमास्टरत्रय मनिष हमाल, बिलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठले चार खेलबाट समान तीनतीन अंक बनाएका छन् । आर्मीका हिमाल तेश्रो चरणमा फिडेमास्टर सुजेन्द्रसँग बराबरीमा रोकिए भने चौथो चरणमा कमल श्रेष्ठलाई हराउन सफल भए । 
 
त्यसैगरी पुलीसका पुरुषोत्तमले तेश्रो तथा चौथो चरणमा क्रमशः काठमाडौंका भगवतीप्रसाद शर्मा तथा ललितपुुरका बाबुराजा महर्जनलाई हराए । तेश्रो चरणमा सजिनसँग रोकिएका मनिषले चौथो चरणमा समेत बिलमलालसँग बराबरीको नतिजा व्यहोरे । उता बिलमलालले तेश्रो चरणमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारे भने सुजेन्द्रले चौथो चरणमा भक्तपुरका विकास कुलुजुलाई हराए । 
 
केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, क्षितीज भण्डारी, ललितपुरका रविन्द्र शाक्य, झापाका प्रकाश नेपाल तथा एपीएफ क्लबका सुमित पन्तको समान २ दशमलब ५ अंक भएको छ ।चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसीपमा मोनालीसा खम्बु र अस्मीता अधिकारी समान ३ दशमलब ५ अंकका साथ संयुक्त अग्रता बनाउन सफल भए । 
 
पूर्व च्याम्पियन समेत रहेकी मोनाले चौथो चरणमा वर्तमान च्याम्पियन विना जयसवाललाई पराजीत गरिन भने अस्मिताले नेशनल बी च्याम्पियन सिन्दिरा जोशीलाई हराईन । सिन्दीरा, वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ समान तीनतीन अंकमा रहेका छन् । त्यसैगरी एपिएफका शान्ता थापा, विना जयसवाल तथा संगीता जयसवालको समान २ दशमलब ५ अंक भएको छ । बिशेखा जयसवाल, आभा पुडासैनी, अनिशा न्यौपाने, सुजना लोहनी, अन्जु शाह समान दुई दुई अंकमा रहेका छन् ।
 
नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भईरहेको च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैटौं चरणका खेल हुनेछन् ।
उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ