arrow

करीना गर्भवती भएपछि आमिरलाई तनाव, लगाए जुक्ति

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
kareena-kapoor.png

काठमाडौं । पछिल्लो समय अभिनेत्री करीना गर्भवती भएको चर्चा चलिरहेको छ ।  भारतीय मिडियाका अनुसार  करीना कपूर फेरि आमा बन्ने भएकी छन् ।  करीनाले अर्को सन्तानलाई जन्म दिन लगेकी छन् ।  सैफले हालै फेरी आफु बाबु बन्न लागेको जानकारी दिएका थिए।   करीना कपूर खान छोरा तमूरपछि अर्को सन्तानको तयारीमा रहेकी छन् । छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागिएको खान परिवारले जनाएको छ ।  

सैफले भनेका छन् ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ करीना अभिनेता सैफ अलि खानकी कान्छी श्रीमती हुन् । 

त्यस्तै  मिस्टर परफेक्शनिस्ट आमिर खानको आगामी फिल्म 'लाल सिंह चड्ढा' को सुटिङका लागि टर्की र जर्जिया पुगेका थिए । टर्की प्रधानमन्त्रीकी श्रीमतीलाई भेटेका कारण आमिर निशानामा रहेका छन्।  टर्कीले अनुच्छेद ३७० मा भारत विरोधी रणनिति अपनाउदै  पाकिस्तानलाई सहयोग गरेको थियो । सो समय टर्कीले लगातार भारतको निर्णयको विरोध गरेको थियो । सन् २०१५ मा आमिर खानले असहिष्णुताबारे टिप्पणी गर्दै उनकी श्रीमती किरण पनि देशमा बस्न डराउँछिन् भनेका थिए । अब आमिर टर्कीकी महिलासँग भेटको तस्विरपछि एक वर्गको निशानामा परेका छन् ।

करीना कपूर र आमिर खानको नाम आगामी फिल्म 'लाल सिंह चड्ढा' सँग जोडिएको छ । यदि करीना गर्भवती छिन् भने, फिल्मको शुट कसरी गर्ने? आमिरको टिमले जुक्ति निकालेको छ ।

आमिरको फिल्मको सुटिङ अझै केहि दिन बाँकी छ । साथै करीना कपूरको काम लगभग सय दिन लाग्नेछ । उनले सेप्टेम्बर वा अक्टुबरबाट फिल्मको सुटिङ सुरु गर्न सक्ने बताइएको छ । उनको काम पछि सुरु हुन सक्थ्यो तर निर्माता करीनालाई लिएर चिन्तित छन् । गर्भवती करीनाको पेट बढी रहेको छ । करीनालाई आफैंमा काम गर्न र उनलाई पर्दामा देखाउनमा समस्या हुन सक्छ। त्यसकारण, उनी करीना जतिसक्दो चाँडो काम सिध्याउन चाहन्छन्।

चारदेखि पाँच महिनाको गर्भवतीलाई पर्दामा प्रस्टै छुटाउन सकिन्छ, त्यसैले यसलाई लुकाउन आमिरको टिमले भिएफएक्सको साहारा लिने निर्णय गरेका छन् ।  भिएफएक्सको सहयोगमा करीनाको फुलेको पेटलाई लुकाउन सकिने उनीहरुको एकमत छ । 

 'लाल सिंह चड्ढा' को शुटिङ  लामो समयदेखि चलिरहेको छ । सबै फिल्महरू जस्तै कोरोनाका कारण यस फिल्मको शुटिङ पनि रोकिएको थियो । फिल्म यस वर्ष क्रिसमसमा रिलीज हुने थियो। यद्यपि अचानक विश्वव्यापी कोरोना महामारीका कारण निर्माताहरूले अर्को बर्ष रिलीज गर्ने योजना गरेका छन्।

'लाल सिंह चड्ढा' मा आमिरको भूमिका एक यस्तो बालकको हो जसलाई बाल्यकालदेखि विशेष सहयोग चाहिन्छ। तर सो बालक कसरी आफ्नो कठिनाइमाथि विजय हासिल गरेर देशको स्टार बन्दछ, यही फिल्म 'लाल सिंह चड्ढा' को कथा हो। फिल्म 'लाल सिंह चड्ढा' १९९४ मा रिलिज भएको हलिउड फिल्म फोरेस्ट गम्पको रिमेक हो, जसमा हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्सले अभिनय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ